वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर युनाइटेडका लागि खेलको ९७औं मिनेटमा कोबी मैनूले निर्णायक गोल गर्दै खेल जिताएका थिए। यस अघि म्यानचेस्टर युनाइटेडका लागि मार्कस राशफोर्ड, रास्मस होजलण्ड र स्कट म्याकटमिनीले एक एक गोल गरेका थिए।
त्यसैगरी वोल्भ्सका लागि पाब्लो सरबिया, म्याक्स किलम्यान र पेड्रो नेटोले एक एक गोल गरेका थिए।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । त्यसैगरी वोल्भ्सको २२ खेलमा २९ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment