एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई
काठमाडौं। मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ।
बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो। प्रतियोगिता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ। विदाई कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफुहरुको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टि२० एसिया कपमा क्वालिफाई भएर फर्कने विश्वास व्यक्त गरिन्।
त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवालले बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए। उनले खेलका लागि सबै खेलाडीहरु फिट रहेको उल्लेख गरे।
प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment