वेस्टइण्डिजविरुद्धको टी–२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात
काठमाडौं। अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ। शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो। वेस्टइन्डिजका लागि ब्राण्डन किंगले सर्वाधिक ५३ रन बनाए भने जोनसन चार्ल्सले ४२ तथा जासन होल्डरले अविजित ३४ रन बनाए।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिए भने मार्कस स्टोइनिसले २ तथा जासन बेह्रेंनडोर्फ, ग्लेन म्याक्सवेल र सीन एबोटले एक एक विकेट लिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले डेभिड वार्नरको ७०, जोश इंलिशको ३९, टिम डेभिडको आक्रमण ३७ रन तथा म्याथ्यू वाडेको २१ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १–० ले अगाडी भएको छ र सिरिजको दोस्रो खेल आइतबार खेल्ने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment