वेस्ट इन्डिजका फास्ट बलर शामर आइपिएलमा लखनउबाट खेल्ने

डिसी नेपाल
२८ माघ २०८० ६:५७
16
Shares

काठमाडौं। वेस्ट इन्डिजका फास्ट बलर शामर जोसेफ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को सिजन लखनउ सुपर जायन्ट्सबाट खेल्ने भएका छन्।

लखनउले शमारलाई ३ करोड भारुमा टिममा समावेश गरेको छ। शमारलाई लखनउले इङ्ल्यान्डका तिब्र गतिका बलर मार्क वुडको स्थानमा समावेश गरिएको हो।

वेस्ट इन्डिजका फास्ट बलर शमरले हालै आफ्नो प्रदर्शनले विश्वलाई नै चकित पारेका थिए। उनले अस्ट्रेलियाविरुद्धको गाब्बा टेस्टको दोस्रो इनिङ्समा ७ विकेट लिएर आफ्नो टोलीको हारेको खेल जिताएका थिए।

वेस्ट इन्डिजले ३६ बर्षपछि अस्ट्रेलियालाई गाबा मैदानमा पराजित गरेको थियो। सो खेलको प्रदर्शनको पुरस्कार स्वरूप उनको अब आइपिएलमा इन्ट्री भएको छ। यस सिजनको आईपीएल मार्च २३ बाट सुरु हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.