लिभरकुसेनसँग हार्‍यो बायर्न म्युनिख

डिसी नेपाल
२८ माघ २०८० ७:२५
28
Shares

काठमाडौं। जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसेनले बायर्न म्युनिखमाथि जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा लिभरकुसेनले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। लिभरकुसेनको जितमा जोसिप स्टानिसिक, एलेक्स ग्रिनाल्डो र जेरेमी फ्रिमपोंगले एक एक गोल गरेका थिए।

यो लिभरकुसेनको लिगमा १७औं जित हो। यस सिजनमा अपराजित रहेको लिभरकुसेनको २१ खेलमा ५५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी बायर्नको भने २१ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.