जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

डिसी नेपाल
२८ माघ २०८० ८:०४
24
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.