विराट कोहलीले इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजमा कुनै पनि खेल नखेल्ने
काठमाडौं । विराट कोहलीले व्यक्तिगत कारणले इंग्ल्याण्डसँगको टेष्ट सिरिजका बाँकी खेल खेल्ने छैनन् । यसअघि उनले पहिलो दुई टेस्ट म्याचबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
कोहली अब बाँकी तीन टेष्ट खेलमा उपस्थित नहुने बीसीसीआईले शनिबार जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत कारणले सिरिजका बाँकी खेलका लागि विराट कोहली छनोटका लागि अनुपलब्ध हुनेछन् । बोर्डले कोहलीको निर्णयलाई समर्थन र सम्मान गर्दछ।”
जब कोहली पहिलो दुई खेलमा देखिएनन्, बोर्डले “केही व्यक्तिगत अवस्था र अपरिहार्य उपस्थिति” उल्लेख गरेको थियो।
कोहलीले भारतका लागि ११३ टेस्ट खेलेका छन् ।
हालको सिरिजमा भारत र इंग्ल्याण्ड १–१ को बराबरीमा छन् र थप तीन टेस्ट खेल्न बाँकी छ । तेस्रो खेल १५ फेब्रुअरीमा राजकोटमा हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment