वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलिया ३४ रनले विजयी, एक खेल अघि सिरिज जित्यो

डिसी नेपाल
२८ माघ २०८० १८:४४
28
Shares

काठमाडौं। अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो।

अस्ट्रेलियाले दिएको २४२ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०७ रन बनाएको थियो। यस अघि अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकसँगै २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो।

म्याक्सवेलले यस खेलमा टी- २० अन्तर्राष्ट्रिय क्यारियरमा पाँचौं सतहक बनाउँदै रोहित शर्माको धेरै शतक बनाउने रेकर्डको बराबरी गरेका छन्।

यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ र सिरिज एक खेल अघि नै जितेको छ।

अब सिरिजको अन्तिम खेल आगामी मंगलबार हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.