आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

डिसी नेपाल
२९ माघ २०८० ७:३७
52
Shares

काठमाडौं। आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो। आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए।

खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो। आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए। उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ।

टोसँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ। यस अघि आइभरी कोष्टले १९९२ र २०१५ मा अफ्रिकन कप जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.