क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
काठमाडौं। क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ। सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो।
क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए।
त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए।
त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment