अनिल शाह र देव खनाल लिग-२ खेल्ने टीममा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अनिल शाह र देव खनाललाई टीममा समावेश गरेको छ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो। क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ।
लिग-२ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन्।
लिग-२ को सिरिज खेल्ने नेपाली टीम-रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।
आगामी विहिबारदेखि टियु मैदानमा हुने लिग-२ को त्रिकोणीय सिरिजमा नेपालले पहिलो खेल बिहीबार नै नामिबियासँग खेल्नेछ। त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ। यस सिरिजका सबै खेल कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९:१५ बजेदेखि सुरु हुने तालिका रहेको छ।
खेल तालिका:
फागुन ३ गते बिहीबार-नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार- नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स







डिसी नेपाल







Facebook Comment