कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य, सीताको ह्याट्रिक
काठमाडौं। कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो।
कुवेतका लागि प्रियादा मुरलीले सर्बाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३-१३ रन बनाएका थिए।
कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन्। सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन्।
त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment