क्यानडासँग खेल्ने १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा, विनोद भण्डारी कप्तान
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडासँगको खेलका लागि १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा गरेको छ। टोलीको कप्तानी विकेट किपर ब्याटर बिनोद भण्डारीले गर्ने भएका छन्।
यसअघि ३६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको क्यानले लगत्तै क्यानडासँगको खेलका लागि १६ सदस्यीय टिम घोषणा गरेको हो। ज्ञानेन्द्र मल्ल र कलाम अली नेपाल ए टिमको प्रशिक्षकमा छनोट भएका छन्।
टिममा विनोद भण्डारी (कप्तान),आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment