एसीसी महिला प्रिमियर कप: नेपालले आज मलेसियाको सामना गर्दै

डिसी नेपाल
४ फागुन २०८० ६:३६
32
Shares

काठमाडौं। नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ। यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन्। यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुँदैछ। सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *