महेन्द्र ज्योति भूपू विद्यार्थी मंच र खुम्जुङ युवा क्लब फाइनलमा प्रवेश

डिसी नेपाल
७ फागुन २०८० ६:५०
212
Shares

काठमाडौं। ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको १४ औं संस्करण अन्तर्गत काठमाण्डौको सानो गौचरण खेल मैदानमा आइतबार भएको सेमिफाइनलका २ खेलमा महेन्द्र ज्योति भूपू विद्यार्थी मंच र खुम्जुङ युवा क्लब फाइनलमा प्रवेश गरेका छन्।

महेन्द्र ज्योति भूपू विद्यार्थी मंच र डमीछोवा फुटबल टिम विच भएको पहिलो खेलमा दुवै टिमले खेल समय भित्र गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट मार्फत् महेन्द्र ज्योति भूपू विद्यार्थी मंच विजयी भएको हो। खेलको म्यान अफ द म्याच महेन्द्र ज्योति भूपू बिद्यार्थी मंचका खेलाडी निग्मा तेम्वा शेर्पाले हात पारेका थिए।

त्यस्तै आज खुम्बु यम्बु शेर्पा समाज र खुम्जुङ युवा क्लब विच भएको सेमिफाइनलको दोस्रो खेलमा ०-१ गोल अन्तरले खुम्जुङ युवा क्लब विजयी भएको छ। खेलको म्यान अफ द म्याच खुम्जुङ युवा क्लबका खेलाडी छिरिङ शेर्पा भएका छन्। प्रतियोगितामा साेमबार दिउँसो ११ बजेबाट तेस्रो स्थानका लागि र १ बजेबाट फाइनल खेल सुरुहुने आयोजकले बताएको छ।

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाइ छ।

‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्।

यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण-पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण-पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ। माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते (साेमबार) समापन समारोहका साथ सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.