आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमै अलआउट
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेदरल्याण्डविरुद्ध नामिबिया १२३ रनको स्कोरमै अलआउट भएको छ । नेदरल्याण्डका आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया सस्तैमा समेटिएको हो ।
किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १२३ रनको स्कोर बनाउँदा अलआउट भएको हो । नामिबियालाई सस्तैमा समेट्न नेदरल्याण्डका आर्यन दत्तले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए ।
यस्तै नेदरल्याण्डका लागि केल क्लिनले २ विकेट तथा रोलोफ भान डेर मेर्वे र म्याक्स ओडोडले १–१ विकेट लिए ।
नामिबियाका लागि जेजे स्मिटले सर्वाधिक २६ रन बनाए । रुबेन ट्रम्पलम्यानले २०, जेल ग्रिनले १९, निकोलस डेभिन र गेरहार्ड एरास्मसले १३–१३ तथा बर्नार्ड स्कोल्जले १२ रन बनाए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment