नेपालले पहिला ब्याटिङ गर्दै, टिममा एक परिवर्तन

डिसी नेपाल
९ फागुन २०८० ८:४१
232
Shares

काठमाडाैं। आईसीसी विश्वकप लिग २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको हो।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। आज गुल्शन झाको स्थानमा करण केसी खेल्ने भएका छन्। लिग २ अन्तर्गत नेपालले तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो।

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, देव खनाल, भीम शार्की, कुशल मल्ल, सोमपाल कामी, ललित राजवंशी, करण केसी, दिपेन्द्र सिंह ऐरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *