आसिफ शेखको अर्धशतक

डिसी नेपाल
९ फागुन २०८० १०:३८
160
Shares

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको चौथो खेलमा नेपाली ब्याटर आसिफ शेखले नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् । उनले ५५ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ८ चौका र एक छक्का प्रहार गरे ।

किर्तिपुर मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । १७ ओभरको खेल सकिँदासम्म नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएको छ । आसिफ शेख र कुशल मल्ल क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए । अनिल साह र देव खनाल खाता खोल्न नसकी शून्यमा आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.