आइपिएल मार्च २२ देखि, उद्घाटन खेल चेन्नई र बैंगलोरबीच हुने (खेल तालिकासहित)
काठमाडौं। यस वर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) आगामी मार्च २२ देखि शुरु हुने भएको छ । आइपिएलले विहिबार शुरुवाती २१ खेलको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल मार्च २२ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने जानकारी दिएको छ। आइपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्ने भएको छ।
आइपिएल मार्च २२ मा शुरु भएर लगभग मे २६ मा सकिने भएको छ। फाइनलको मिति भने अहिले तय गरिएको छ । सोहि समयमा भारतमा आम निर्वाचन हुने भएकाले आइपिएलको तालिका आंशिक रुपमा मात्र सार्बजनिक गरिएको बताइएको छ।
त्यस्तै मार्च २३ मा पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावाद खेल्दै छन्। त्यसैगरी मार्च २४ मा राजस्थान रोयल्सले लखनउ सुपरजाइन्टको सामना गर्ने छ भने मुम्बई इण्डियन्सले गुजरात टाइटन्सको सामना गर्दै छ।
आइपिएलमा चेन्नई सुपरकिंग्स, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, लखनउ सुपरजाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, पञ्जाव किंग्स र कोलकोता नाइटराइडर्स गरी १० फ्रेन्चाइजी खेल्दै छन्। यस वर्षको आइपिएलमा प्लेअफका चार खेलसहित कुल ७४ खेल खेलिदै छ।








डिसी नेपाल







Facebook Comment