वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाइनसँग भिड्दै
काठमाडौं। नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ।
नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ। नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्। प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समूह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
अब समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ। यो खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ।
त्यसैगरी समूह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ। समूह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment