टालिस्काको निर्णायक गोलमा अल नासर विजयी

डिसी नेपाल
१४ फागुन २०८० ७:२६
24
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन्।

अल नासरको जितमा खेलको ८६औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए। यस खेलमा उनले यसअघि ४६औं मिनेटमा पनि गोल गरेका थिए। त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए। यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ। अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ। त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ। त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *