त्रिकोणात्मक टी-२० सिरिजः नेपाल र नेदरल्यान्डस् भिड्दै

डिसी नेपाल
१६ फागुन २०८० ६:३८
92
Shares

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ। टियु क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ।

घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमै नेपाल हिजो पाहुना टोली नामिबियासँग २० रनले पराजित भएको छ। सुरुवाती ब्याटिङ गरेको नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो।

नामिबियाका लागि जान निकोल लेफिट इटनले ३३ बलमा शतक प्रहार गर्दै यसअघि कुशल मल्लको नाममा रहेको ३४ बलमा शतक पुरा गर्ने कीर्तिमान तोड्न सफल भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *