भारतीय क्रिकेटरको सेन्ट्रल कन्ट्रयाक्टः अय्यर र किशन बाहिर

डिसी नेपाल
१६ फागुन २०८० २१:२५
208
Shares

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३–२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ । बिसीसीआईले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ।

राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राखेको छ।  सेन्ट्रल कन्ट्रयाक्टको ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा रहेका छन्। उनीहरुले बोर्डबाट वार्षिक ७ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यस्तै ग्रेड ए मा आर आश्विन, मोहमद शामी, मोहमद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्डेय रहेका छन्। उनीहरुले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यसैगरी ग्रेड बी मा सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्सर पटेल र यशस्वी जैसवाल रहेका छन्। उनीहरुको वार्षिक पारिश्रमिक ३ करोड भारु रहेको छ।

त्यस्तै ग्रेड सी मा रिंकु सिंह, तिलक बर्मा, रुतुराज गायकवाड, श्रदुल ठाकुर, शिभम दुवे, रवि विश्नोई, जितेश शर्मा, वाशिंटन सुन्दर, मुकेश कुमार, संजु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्ण, अभेश खान र रजत पाटीदार रहेका छन्। उनीहरुले वार्षिक एक करोड भारु पारिश्रमिक पाउने छन्।

साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इंग्ल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलेमा उनीहरुपनि ग्रेडमा रहने बोर्डले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *