टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डस भिड्दै

डिसी नेपाल
१७ फागुन २०८० ७:२७

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदैछ ।

त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११. ३० बजेदेखि शुरु हुने छ ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

सिरिजको खेल तालिका

– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.