वाफ महिला च्याम्पियनसिप: पहिलो हाफ सकिँदा नेपालको अग्रता

डिसी नेपाल
१७ फागुन २०८० २२:५०
116
Shares

काठमाडौं। वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच अहिले फाइनल खेल भइरहेको छ। नेपालले पहिलो हाफको खेल सकिँदा १–० गोलको अग्रता लिएको छ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा पहिलो हाफमा नेपालका लागि सविता राना मगरले गोल गरेकी हुन्। उनले खेलको २९औँ मिनेटमा गोल गरिन्। पहिलो हाफमा नेपालले जोर्डनमाथि दबाब सिर्जना गरेको थियो।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो। जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ। नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ। सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्सतर्फ प्रस्थान गरेकी छिन्।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो। जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। फिफा वरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.