कविता : आशीर्वाद

गीता ढकाल सुवेदी
२८ वैशाख २०८१ १०:३०
32
Shares

अँध्यारो रातसँगै म निदाएको बेला
सुतुक्क मेरी आमा धर्तीमा आइन्
जूनको एक टुक्रा उज्यालो लिएर
सायद छोरी अध्यारोसँग दराउछेकी भनेर।

कपास जस्तै हल्का, नौनी जस्तै नरम
उनका तिलस्मी हातले कपाल मुसार्छिन्
मेरा सारा पीडाहरु विलय हुन्छन्
अनि मेरो त्यो सानो कचौरे निधारमा
अमृत बर्षाउछीन गुलाफी ओठको चुम्बनद्वारा
कानमा हल्का मिर्मिरे हावा जस्तै
फुस्फुसाउँदै साउती मार्छिन्
छोरी म तिमिलाई एकपल हेर्न
स्पर्श गर्न आएको छु, उठ!

अनि भन्छिन् मैले यो संसारबाट मेरो प्राण
छोड्ने अन्तिम समयमा तिमी उदाएउ
मेरा आँखाहरु बेजोड धमिला थिए
बत्ति जस्तै बलेर तिमी झुल्कियौ
म त यो संसारबाट अस्ताए
म बुझ्थिए
तिमी त्यो समय तिम्रो काधमा
मेरो माया भन्दा बढी जिम्मेवारी र
कर्तव्य थियो र सात समुद्र पारि थियौ
त्यसैले,
तिमीसँग भवना, माया सात्न नपाउँदा
माथि पुगेर पनि चैन पाइन
त्यसैले आज आमाको मुख हेर्ने दिन
तिमी सामु ती अधुरा भावना बाटन आएको छु।

हेर संसार स्वार्थी छ
निजी स्वार्थलाई केन्द्रमा राख्छ
चलाखले प्रशंशा गरि दास बनाउँछ
मुर्खले सिधैं आक्रमण गर्छ
कुटिलले भित्र भित्रै जाल बुन्छ
आगोको भुंग्राेमा धकेल्छ
जिन्दगी कठिन होइन सरल बनाउनु पर्छ
तर तिमी आफू कहिले पनि खराब नहुनु
यद्यपि जाती बन्नको लागि
आफू नपिल्सिनु
बदला कसैलाई नलिनु
त्यो परमात्मालाई छोड्नु।

आफ्नो काममा जिद्दी हुनु
समय त आउँछ जान्छ
त्यस्लाई निगरानी गर्नु
साक्षी भाव राखेर
नफुर्कनु नमात्तिनु नाअत्तिनु
आशीर्वाद।

हठात रातसँगै म ब्युझिँदा
न आमा हुनुहुन्थ्यो न अध्यारो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *