भाव तरंगको लोकापर्ण
काठमाडौं। लामो समय शिक्षण पेशामा समय बिताएका गण्डकी प्रदेशका प्राज्ञिक तथा धौलागिरि बहुमुखी क्याम्पसका पूर्व प्रमुख सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेलको कविता संग्रह ‘भाव तरंग’ को लोकार्पण गरिएको छ।
समकालीन समयका प्रतिविम्बलाई उजागर गर्ने उद्देश्यले मानवतावादी दर्शन, जीवन दर्शन, सराष्ट्र भावना, प्रकृति चित्रणलगायत समेदिएको ३१ वटा रचना संलग्न रहेको भाव तरंग लोकार्पण भएको हो।
उक्त कृतिको प्रकाशक ‘पर्वत साहित्य संगम’ रहेको छ। गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विर्खर्चीका प्रमुख आतिथ्यतामा भाव तरंगसहित अन्य तीनवटा कृति पनि लोकर्पण गरिएको थियो।
लोकर्पण भएका अन्य कृतिहरुमा इन्दकुमार विकल्पको निर्मिमेष हेराई (हाइकु), इन्द्रमान खत्रीको घामछायाँ (हाइकु), डिआर शर्मको हाइकु संग्रह ‘सुसुप्त ज्वालामुखी’ र पर्वते साहित्य संगमका पूर्व अध्यक्षहरुको संयुक्त लेखनमा ‘सम्मिलन’ लघु कथा संग्रह पनि लोकर्पण गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment