कोलकत्ताले बैंगलुरुलाई दियो एक सय ७५ रनको लक्ष्य
काठमाडौं। आज देखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई एक सय ७५ रनको लक्ष्य दिएको छ।
कोलकत्ताको इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताले कप्तान अजिंख्य रहाणेको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनायो। कोलकत्ताका लागि कप्तान रहाणेले सर्वाधिक ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल नारायणले ४४ रन बनाउँदा अंगक्रिस रघुवंशीले ३० रन बनाए।
बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यस्तै जोश हेजवुडले २ तथा याश दयाल रसिक सलाम र शुयास शर्माले समान एक एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment