हैदराबादले राजस्थानलाई हरायो

डिसी नेपाल
१० चैत २०८१ १९:५६
576
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयाल्सलाई ४४ रनले पराजित गरेको छ।

हैदराबादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० अ‍ोभरमा ६ विकेट गुमाएर दुई सय ४२ रन बनायो। राजस्थानका सन्जु सामसन र धु्रव जुरेलले अर्धसतकीय पारी खेले। जुरेलले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७० रन बनाए भने सामसनले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गरी ६६ रन बनाए। यस्तै सिमरन हेटमायरले ४२ तथा शुभम दुबेले ३४ रन बनाए।

यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले इशान किशानको सतकीय पारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो। किशानले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरी १०६ रन बनाए। यस्तै ट्राभिस हेडले ३१ बलम ९ चौका र ३ छक्काको मद्दतमा ६७ रन बनाए। नितिश कुमार रेड्डीले १५ बलमा ३० रन बनाउँदा हेनरिक क्लासेनले १४ बलमा ३४ रन बनाए।

राजस्थानका लागि तुषार देशपाण्डेले ३ तथा महिष तिक्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *