इन्ट्रा फाउण्डेशनका अध्यक्ष अधिकारीलाई ‘नेपाल सांगीतिक विशिष्ठ सम्मान’
काठमाडौं। ४३ औं विश्व संगीत दिवस २०८२ नेपालले सम्पूर्ण कलाकार तथा यस क्षेत्रमा सक्रिय विभिन्न संस्था संस्थालाई आह्वान गरी सभ्य र भव्य रुपमा मनाएको छ।
सो दिवसमा प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्री बद्रि पाण्डेले बाध्यवादन, गीत, संगीतका रत्नहरु माणिक रत्न स्थापित, रत्न बेहोसी बज्राचार्य। जीवन आले, राजेन्द्र थापा, डा. भोला रिजाल र इन्ट्रा इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीलाई सम्मान गरेका थिए।

नेपाली कला, संस्कृति, भाषा, गीत तथा संगीत क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको लागि अध्यक्ष अधिकारीलाई ‘नेपाल सांगीतिक विशिष्ठ सम्मान-२०८२’ बाट सम्मान गरिएको थियो।
सो दिवसमा नेपाली सेनाको व्याण्डले राष्ट्रिय गानको धुन बजाएर कार्यक्रम प्रारम्भ भएको थियो।
कार्यक्रममा मन्त्री पाण्डेलेनेपाली गीत, संगीत, कला विश्वभर फैलिएको र विश्वलाई नेपाली गीत संगीतले प्रकाशमय बनाएको भन्दै खुशी व्यक्त गरे। प्रकृतिक जस्तै सांस्कृतिक विविधताको धनी देश नेपालले आफ्ना प्रतिभा र कलालाई हस्तान्तरण र पुस्तान्तरण गर्दै लगेको गैरवप्रति मन्त्री पाण्डेले खुशी व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment