एयर इन्डिया दुर्घटनाः दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना
काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भीक कारण खुलेको छ।
भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई) ले शनिबार जारी गरेको प्रारम्भिक अनुसन्धान रिपोर्टले यस्तो देखाएको हो। हालै दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो।
रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए।
जसले गर्दा विमान इन्जिनहरूले काम गर्न बन्द गरेका थिए। ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, ‘तपाईंले किन बन्द गर्नु भयो?,’ र अर्को पाइलटले जवाफ दिन्छ, ‘मैले गरेको होइन्।’
दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुबै स्विचहरू ‘सामान्य’ स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले रिकभरीको संकेत देखाए पनि, तर इन्जिन २ ले गर्न सकेन्।
विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा लिफ्ट–अफ पछि तुरुन्तै प्रारम्भिक आरोहणको समयमा राम एयर टर्बाइन तैनाथ गरिएको देखाइएको छ। उडान मार्गको वरपर कुनै पनि उल्लेखनीय चराहरुको गतिविधि देखिएको छैन्। विमानस्थलको परिधिको पर्खाल पार गर्नु अघि विमानले उचाइ गुमाउन थालेको रिपोर्टमा उल्लेख छ।
लन्डन जाने एयर इन्डियाको विमान, बोइङ ७८७–८ ड्रीमलाइनर, जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। जुन भारतको पश्चिमी राज्य गुजरातको राजधानी शहर गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा थियो। जसमा २४२ जना मध्ये एक जना बाहेक सबैको मृत्यु भयो र १९ जना जमिनमा थिए।







डिसी नेपाल








Facebook Comment