गाजामा राहत केन्द्र नजिकै २४ जनाको मृत्यु

डिसी नेपाल
२९ असार २०८२ १३:५७
32
Shares

काठमाडौं । दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ।

घटनास्थलमा उपस्थित प्यालेस्टिनीहरूले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्।

इजरायल रक्षा बल (आईडीएफ) ले आफ्नो तर्फबाट भएको गोलीबारीमा “कोही पनि घाइते नभएको” बताएको छ।

अर्कोतर्फ, एक इजरायली सेना अधिकारीले भनेका छन् ‘मानिसहरूलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आइडीएफले खतरा महसुस गरेको कारणले गोली चलाइएको थियो।’

अन्तर्राष्ट्रिय मिडियाहरूले दुवै पक्षको दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्दैनन् । इजरायलले अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूलाई गाजा भित्रबाट रिपोर्ट गर्न अनुमति दिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.