२० दिन अन्तरिक्षमा बसेर फर्किए ४ अन्तरिक्ष यात्री
काठमाडौं । टिम क्याप्टेन शुभांशु शुक्ला सहित चार अन्तरिक्ष यात्री २० दिन अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। लगभग २३ घण्टाको यात्रा पछि, ड्र्यागन अन्तरिक्ष यान दिउँसो सवा ३ बजे क्यालिफोर्नियाको समुद्रमा अवतरण गरेको थियो। चारै अन्तरिक्ष यात्री एक दिन अघि साँझ ५:०० बजे आईएसएसबाट पृथ्वीको लागि प्रस्थान गरेका थिए।
सबै अन्तरिक्ष यात्रीहरू जुन २६ मा नेपाली समय अनुसार ४:१६ बजे आइएसएसमा पुगेका थिए। तिनीहरू जुन २५ मा दिउँसो १२ बजे एक्सियम मिसन ४ अन्तर्गत प्रस्थान गरेका थिए। तिनीहरूले स्पेसएक्सको फाल्कन-९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा केनेडी स्पेस सेन्टरबाट उडान भरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment