बंगलादेशको गोपालगञ्जमा हिंसामा चार जनाको मृत्यु, शहरमा कर्फ्यू लगाइयो

डिसी नेपाल
१ साउन २०८२ १२:५८
372
Shares

काठमाडौं । बंगलादेशको गोपालगञ्जमा बुधबार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को र्‍यालीमा भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ।

बीबीसी बंगलाका अनुसार अन्तरिम सरकारले एक विज्ञप्ति जारी गर्दै हिंसामा संलग्न जो कोहीलाई पनि कानून अनुसार कारबाही गरिने बताएको छ।

यसैबीच, एनसीपीका संयोजक नाहिद इस्लामले २४ घण्टा भित्र हिंसामा संलग्नलाई पक्राउ गर्न माग गरेकी छन्।

नेकपाले बिहीबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

परिस्थितिलाई ध्यानमा राख्दै गोपालगञ्जमा बिहीबार साँझ ६ बजेसम्म कर्फ्यू लगाइएको छ। सुरक्षाकर्मीहरूले शहरमा गस्ती गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *