मोती जयन्ती मनाउँदै ‘युवावर्ष मोती पुरस्कार’ प्रदान

डिसी नेपाल
१० भदौ २०८२ १०:२९
24
Shares

काठमाडौं। नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जयन्ती मनाएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परिषद्ले दिवंगत कवि लेखकहरूको सामूहिक जयन्ती, समस्यापूर्ति कवि सम्मेलन आयोजन गर्नुकासाथै राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित ‘युवावर्ष मोती पुरस्कार’समेत प्रदान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले युवा साहित्यकार छन्दमणि त्रिपाठीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरे।

प्रमुख अतिथि उपाध्यायले नेपाली शिक्षा परिषद्का संस्थापक गोपाल पाँडे असीमले शुरु गरेको यस संस्थामा आफू पहिले पनि सहभागी भएको स्मरण गर्दै संस्थाले गर्दै आएको कामको प्रशंसा गरे।

उक्त अवसरमा साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीद्वारा लिखित ‘बा, आमा र म’ कृति पनि लोकार्पण गरियो।

कार्यक्रममा साहित्यकार कोषराज न्यौपानेले गतवर्ष मोती जयन्तीपछि दिवंगत भएका सर्जकहरूकाबारेमा चर्चा गरे।

उक्त अवसरमा साहित्यकार कोमलप्रसाद पोखरेलबाट प्राप्त भएको ‘फर्कन्छु आफ्नै घर’ समस्यामा समस्यापूर्ति कवि सम्मेलन गरियो। कवि सम्मेलनमा

कविहरू शिवगोपाल रिसाल, मुकुन्द शर्मा चालिसे, रमेश खकुरेल, श्रीहरि फुयाँलसहित तीन दर्जन बढी कविहरूले आफ्ना रचना प्रस्तुत गरे।

उक्त अवसरमा परिषद्का अध्यक्ष रमा शर्मासहित डा. विष्णु भण्डारीलगायतले बोलेको परिषद्ले जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.