जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकास रुम्बालाई आज पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निजलाई आज बालाजुबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उहाँले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment