गर्भवती महिलाको हवाइ उद्धार

डिसी नेपाल
७ चैत २०८२ १७:४८
16
Shares

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको ज्यान बचाउन हवाइ उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक जाँचका क्रममा गर्भमै रहेको शिशुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले तुरुन्त सुविधासम्पन्न स्थानमा उपचार गर्न सुझाव दिएका थिए। दुर्गम भौगोलिक अवस्था, सडक पहुँचको अभाव र समयको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल हवाई उद्धारको निर्णय गरी उहाँलाई सुर्खेत लगिएको छ ।

उक्त उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *