कविता : भाइ मारेर नपुगेर गाई नि मार्न थालेउ

डिसी नेपाल
१९ भदौ २०७६ ७:५७

भाइ मारेर नपुगेर गाई नि मार्न थालेउ!
एकै चिहान पर्ने गरी भिरैबाट फालेउ।

न त खा थिए तिम्रो बाली न त तिम्रो अन्न
कस्तो आत्मा तिम्रो कठै जाओ मार भन्न !

थुनबाट दुध झर्दा सम्म तिनलाई दुहि खायौ
भोको पेट लौरो लगाइ हलो तान्न लायौ।

पूरा भयो आफ्नो स्वार्थ घाँडा भए तिनी
आमा सरी पुजेका ति दुधै समेत दिनी।

अटेनन् ति कठै आज तिम्रा बस्ती माँझ
गौमाताको हत्या गर्ने आयो कस्तो राज!

प्रकृतिको चक्र हो त्यो सबको आउँछ दिन
बेला तिम्रो नभइकन काल नि आउन्न लिन

समयको गतिसँगै उमेर बढ्दै जाँदा
तिमी पनि घाँडै होउला बुढ्यौलीले खाँदा।

बुढेसकालमा तिम्लाई पनि गाइलाई जस्तै गरी
बृद्धाश्रममा लान्छौ भन्दै कोचि टड्क भरी।

घाँडो सम्झी यसैगरी बिचबाटोमा फाल्दा
कृष्णभिरको बाटो लगि त्रिशुलीमा हाल्दा।

कस्तो होला तिम्लाई पनि गाईलाई जस्तै गर्दा
मध्यरातमा घुसुल्टिएर खोला भरी पर्दा।

गाईको मात्रै के कुरा भो कुकुरैलाई पनि
मान्छे खटाइ चुट्दै मार्छौ तिन्लाई गनी गनी।

पक्रिएका कुकुरलाई नि कठै छानि छानी
चौबाटोमा कुटी मार्छौ चिरपटले हानी।

नाटक गर्दै पुज्नि अझ गाई र कुकुर दुबै
सनातनी धर्म भन्दै अर्थ लाँउदै खुबै।

धर्म निरपेक्ष हो कि शर्म निरपेक्ष?
टिठै लाग्दाे ब्यबहार तिम्रो कुन हाे पुग्ने लक्ष्य?


No ads found for this position

प्रतिक्रिया

2 thoughts on “कविता : भाइ मारेर नपुगेर गाई नि मार्न थालेउ

  1. मेराे ब्यङ्ग्य काब्य काेइली समेत बजारमा अाएकाे छ यसलाई पनि माया गरदिनु हाेला
    धन्यवाद?

  2. मेरो प्रथम नेपालि ब्यङ काब्य काेइली पनि बजारमा अाउदै छ यसलाई पनि माया गरिदिनु हाेला धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *