माओवादी छापामारले खाना पकाउने भाँडामा सेनाले पनि खाना पकाएर खाएको थियो … (पुस्तक अंश)

डिसी नेपाल
८ असोज २०७६ १८:१४

उनले बिस्तारमा भन्नथाले, ‘तल गोली पड्केको सुनेर हामीलाई मार्न खोजिरहेका थिए । त्यतिनैखेर फाईटर हेलिकोप्टर पनि आयो । सबैजना डराए । हामीलाई पनि छिटो छिटो लाईन लगाउदै गोली हाने । साथीहरु चिच्याउन थाले । जो चिच्चाए तिनीहरुले थप गोली खाए । म पहिलो गोलीमै सास नफेरि मरेजस्तो गरेर सुतेँ । मलाई यिनिहरुले जति गोली हानेपनि बाँच्छु भन्ने बिश्वास थियो । एकछिन पछि हामीसबैलाई बाँधेको डोरी खोलिदिए । सायद मानव अधिकारले समात्छन भनेर होला । हामी सबै मरेको लास थियौं । म बाहेक सबै मरेकै थिए नि’

‘म पनि तल(तल बाट पारि गईसकेको थिएँ । हेलिकप्टरले मेरै अगाडि बम हान्यो । बम तल ठाडोखोलाको पानिमा पर्यो । पानी उछिटिएर मेरो शरीरमा पर्यो । त्यतिखेर माथि पाखामा गोली प्याट प्याट आवाज आएको थियो ।

सोह्र खुट्टेचोकको पिपलको रुखबाट दायाँतिर थियो एउटा पाँचतले घर। बाहिरबाट हेर्दा बङगुरको खोरमा जाने गेटजस्तो। फलामको हल्का जालि भएको गेट थियो । भित्र छिरेका थियौं नरहरीदाई र म । मलाई त्याहाँ उस्ले नै लगेको थियो । भित्र को कुरै नगरौ । बाहिरको गेट र भित्रको माहोल मेल पटकै खान्थेन । भित्र क्याबिन, बार रेष्टुरेन्ट, तथा बेश्यालय थियो ।भित्र वरीपोरि घुमेको बिशाल घरथियो । माथि पहिलो तलामा धेरै महिलाहरु सिङगारिएर बसेका थिए । उ भर्खर तल के झुल्किएको थियो, एकजना महिला लगभग ३० बर्ष जतिकीदौडेर आईन र सिधैभनिन ‘आजसम्म कहाँ हराएको?’
‘बाहिर लडाईमा गएकोथिए’ ।

सिपाहीलाई आफ्नो बुढोको जसरी आफ्नो रुमतिर लगिन।

‘अस्ति भर्खर लडाई सकेर आएको । फेरी रुकुम रोल्पा जादैछु?’

‘मेरो डार्लिङलाई घुनपुत्लो नलागोस?’ मलाई एकछिन हाँसो लाग्यो । मैले हाँसो लाई त्यतिकै पचाए । मनमनै भने त्यत्रो फलामको हेलमेटले त प्राण बचाउन सक्दैन । लडाईमा अब जाबो एउटा कलगर्ल को आशिर्बादले के बचाउला ।

माघको महिना १९ गतेथियो । राजाले प्रत्येक्ष शासन सुरु गरेका थिए । हिमालमा हिउँ पर्यो। लगभग एकहप्ताका लागि अप्रेशन रोकियो। भच्चेकमा हेलिकप्टर आयो । गोर्खाको जंगलमा अप्रेशन टोलीलाई सपोर्ट गर्नको लागि । तथा राजाको प्रत्येक्ष साशनको जानकारि दिन होला सायद । एउटा फाईटर प्लेन पनि आयो । पोखरा बाट । हेलिकोप्टरमा मलाई सिफारिस । एचएमजीबाट फायर गरियो माथि सिम्ले गुम्दाको जंगलमा । वारि म फाइरिङ गर्थे पारिबाट प्लेनले फायरिङ गर्थ्यो लगभग २० मिनेट पछि फेरि फर्केर त्यतै भच्चेक आयौं ।

एकहप्तापछि हिँडियो। बारपाक पुगियो गजे घलेको गाउँ बेलायती सेनाको भिसि। ठुलो भ्यालि जस्तो बाक्ला ेबस्ति भएका ेठाँउ। धेरेजसो बेलायती सेना,कोही भारतीय सेनामा। कोलड्रिङस आदि हेर्दा लाग्थ्यो हामी काठमाडौंमा नै छौं । पहिलेमाथि भित्तामा प्रहरी चौकी रहेछ । तर छापामारले त्यो हटाइसकेका रहेछन। बारपाकमा बास बस्ने आदेश। हामीलाई अब खाना बनाउनका लागि दाउरा जम्मा गर्न भन्नु भयो । कोही अलि ठूलो भात पकाउने भाँडा खोज्न गए।

धेरै ठाँउमा समूहको भाँडामा खाना बनाएर खान्थ्यांै। छापामारहरु पनि त्यही भाँडोमा खाना बनाएर खाँदा रहेछन बालबालिकाले भन्ने गर्दथे। म प्रायःजसो चक्लेट बोकेर जान्थेँ । बालबालिकालाई दिन्थेँ । उनिहरु खुलेरै कुरा गर्थे । मलाई बाल मनवबिज्ञान हल्का ज्ञात थियो । पढेको पनि । अभ्यास पनि गरेको थिएँ । बाख्रो गोठालो जाँदा बालबालिका खुब लडाउथेँ । फेरी मिलाउथेँ पनि । कहिलेकाही तिनिहरुका अभिभावकको गालि खानु पर्थ्यो ।

प्लेन उड्यो । निकै मज्जा लाग्यो । सुरक्षा जानकारिको सामाग्रि रहेछ मैले निकाले र हेरेँ । आपतकालिन अबस्था आएका सबै यात्रुहरु आआफ्नो तर्फको बिमानको पखेटामा जाने । पाइलटले बिमानलाई पानीमा अबतरण गराउने देखाएको थियो । मनमनै बिचार गरेँ । जेहोस आत्मबिश्वास दिनको लागि चाहि राम्रो ब्यबस्था रहेछ । साथीहो शिव पार्वती बस्ने ठाउँमा आइयो ।

माथि बादलका थुप्रा देखिन्थे । शिव त मै थिए । पार्वती अघि बिदाई गरेर गैसकिन् । मैले पर्स निकाले र पार्वती लाई हेरँे । हामी नेपालगंज पुगेछौं पत्तै भएन । अनाउन्स,कृपया अब प्लेन ल्याण्ड हुँदैछ सिटबेल्ट बाध्नु होला । गेटमा अघिकै परिहरु, बिदाईको नमस्ते गरिरहेकी थिइन् । चालकदलसहित टिमलाई धन्यबाद भनेर बाहिर केनिस्केको उफ! नेपालगंजको गर्मी फेरि फर्केर प्लेनमै जाउँ जस्तो लाग्यो ।

एअरपोर्टमा पहिले नै आर्मी भेयिकल तयारी हालतमा थिए । लिन आउनेमा मेरो अंकलको छोरा पनि रहेछ । नजिकै
आएर दर्शन गर्यो । मैले समातेर अंकमाल गरे । अनि सोधँे एक सासमा सबैको बारेमा घरको बारेमा ।
मैले भाईलाई बाचा गराएँ कसैलाई पनि म कर्णाली अञ्चलतिर गएको नभन्नु ।

सबैजना सुर्खेत जाने सिभिल ड्रेसमा। सिभिल ड्रेस लगाउँन नपाएको पनि धेरै भएको थियो हतियारलाई सिटमुनि राखियो धेरै बसहरु लस्करै लाग्दा रमाईलो थियो । दायाँबायाँ सुरक्षाकर्मिहरु अलर्ट पोजिशनमा बसेका थिए । आकाशमा हेलिकप्टरले सर्भिलेन्स गरिरहेको थियो । नेपालगंजबाट गएको एमपिभि माईन प्रोटेक्टिभ भेयिकल हर्रेबाट फर्कियो । सुर्खेतबाट अर्को एमपिभी आएको थियो । त्यति गर्दागर्दै पनि भेरी नदिको पुलमा एक बम राख्न भ्याए छन् छापामारहरुले । बमलाई डिस्पोजल गरेछन् र एकजना छापामारको पनि मृत्यु भएछ । जुन हाम्रो लागि शुभ संकेत थिएन । साँझ सुर्खेत पुगियो। खाना खाएर सुतियो।

दश वर्षे द्वन्द्वका क्रममा कालिकोटमा भएको तत्कालीन माओवादी छापामार र नेपाली सेनाबीच भएको भिडन्तका एक प्रत्येक्ष सहभागी सेनाका जवान चन्द्र कटुवालद्वारा लिखित पुस्तक ‘सिपाहीको डायरी’बाट माथिको अंक प्रकाशित गरिएको हो। बुलबुल प्रकाशनले प्रकाशित गर्न लागेको सो पुस्तक यही असोज ११ गते लोकापर्ण हुँदैछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *