‘उज्यालोका मालीहरू’ सार्वजनिक
काठमाडौं । एघार युवा कविका १ सय १० कविताको सङ्ग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाठी, समालोचक राजकुमार बानिया तथा एनआरएन उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल तथा ‘उज्यालाका मालीहरू’ सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता सङ्ग्रह सार्वजनिक गरेका थिए ।
कविता सङ्ग्रह सार्वजनिकरण कार्यक्रममा मदन पुरस्कार विजेता कार्कीले युवाको अनुहारमा हाम्रो अनुहार छापिएको हुन्छ । हाम्रो अनुहार अँध्यारो–उज्यालो कस्तो छ भन्ने कुरा युवाको अनुहार हेर्दा थाहा हुन्छ भने । मैले ‘उज्यालाका मालीहरू’मा हाम्रो उज्यालो अनुहारको रुपरेखा देखेँ उनले भने ।
समालोचक राजकुमार बानियाले यस कविता सङ्ग्रहमा सङ्ग्रहित कविहरू कविताको नयाँ मानक सिर्जना गर्ने बाटोमा अग्रसर रहेको जिकिर गरे।
साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदीप योङहाङ लिम्बू, सुन्सरीकी दीपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदीप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment