नारी-दिवसको सन्देश (कबिता )

डिसी नेपाल
२४ फागुन २०७६ १९:४०

हो ! म यो समाजको सोचाई भन्दा

बीलकूल फरक ‘महिला’।

‘परीर्वतन’ , मेरो अनिवार्यता ।

बिना शिकायत, यो “फरकपन”मेरो स्वीकार्यता ।

अनि मेरो “ स्वतन्त्र निर्णय” मेरो “गर्व”!

सुन त!

मलाई पटक्कै प्रतिवाद छैन् ।

समाजको ती घृणित दृष्टिहरूप्रति।

रतीभर पनि डर छैन् ।

ती दुँषित सोचाईहरूको भनाईहरूप्रति।

कृपया दुबै कान खोलेर सुन!

म त धिक्कारी रहेछु तीनीहरूलाई

जस्ले,

पृतिसत्तात्मक सोचाईको हॉक दिएर

युगौभर रक्षकहरूको श्वॉगमा

हजारौ अवोध नारी -अस्मिताहरू चपाई डकारीरहे।

“भाग्य र समाजको” गोटीचाल चलाएर

पुस्तौ पुस्ता निर्लज्ज भई ,

“स्वच्छ नारी -अस्मिताहरू” सर्लक्कनिलिरहे।

कृपया अब सुन!

ख़बरदार ! ख़बरदार ! ख़बरदार !

बन्दगर! यी  “अर्थहीन मर्दरूपी हाऊगुजीहरू”!

बस्! अब शहनशीलताका बॉधहरू

समयले आफै फुलाएका छन्।

परिणाम स्वरूप बॉधहरूका फोहराले,

युगका म जस्ता थुप्रै अगुवाईहरू जन्माएका छन्।

जान्न चाहन्छौ?

लाखौ आमा, हजूरआमा र काकीहरू

दीदी , बहीनी, छोरी र नातीनीहरू

यस युगको अगुवाई बनी

एकसाथ स्वरमा -स्वर मीलाएर भनीरहेकाछन्

“हामी यस युगक़ो  सबथोकक़ो बराबरीक़ो “भागी”।

“बराबरी” यो कृपा हैन , हामीसबक़ो मात्र “अधिकार”

“हरेक सीक्काका दुई पाता भयझै

नारी-पुरूष मानव सव्यताको

मात्र ,एउटै ढुकढुकी हुन् ,केवल एउटै ढुकढुकी हुन्”

आऊ, सब मीलेर यसलाई

सोचाई, व्यवहार र  संस्कारमा परीणतगरौ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *