ब्यङ्ग्य कविता “भ्रुण हत्या”

डिसी नेपाल
२५ फागुन २०७६ १२:३५

ब्यङ्ग्य कविता

“भ्रुण हत्या”

गर्भै देखि कठै नारी भोग्छन् अनेक थरी
भेदभाब अनि नारी हिँसा उनले जीवन भरी ।

तीन महिनाको भाको छैन जीवन गर्भ भित्र
के हो भन्दै लाउँछन् मेशिन हेर्न उस्को चित्र ।

छोरा न भै, रै छ भने त्यहाँ भित्र छोरी
जन्मै समेत लिन पाउन्ने गर्भै भित्र मोरी ।

प्रबिधिको दुरुपयोग भ्रष्ट मानव मति
सन्सार देख्नै नपाइकन भित्रै मरे कति ।

क्लिनिककी डाक्टर्नी त्यो हो नि औँफै महिला
छोरी मार्न उद्दत हुन्छे उही आफैँ पहिला ।

पैसो पाए पुगि हाल्छ सोच्दैनन् नि किन
जीवन दिने डाक्टर पनि लाग्छन प्राण लिन ।

गर्भै भित्र मार्छन् छोरी चित्र हेरी हेरि
छोरो चाहिन्छ दम्पतिलाई गर्छन् त्यहि फेरि ।

विवश हुन्छन् आमा बरा यस्ता कुरा मान्न
छोरी मार्दै छोरो खोज्छन् आफ्नो बङ्श धान्न ।

आफ्नै समेत ज्यानलाइ पनि जोखिममा पारि
नजन्मेको छारो खोज्छन् जिँउदी छोरी मारी ।

छोरा नभै भएन रे घरबार पक्का अरे
कुरितीको चेपमा परि कति छोरी मरे ।

प्रकृतीले बनाइ दियो दुबै नर नारी
सन्तुलन नै खलबलाए एउटा छानी मारी ।

कुन धर्मले कुन कानूनले मिल्छ यस्तो गर्न ?
बिर्सियौ कि पर्छ भन्ने एक दिन पक्कै मर्न ।

गर्भै भित्र छोरी मारी बुहारी खोज्छौ अशल
जाउ भो बरु बुहारी खोज्न खेलौनाको पसल ।

अर्जुन राज पन्त

(ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइली का समेत लेखक हुन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *