च्याम्पियन्स लिगको कारण कोरोना फैलिएको बैज्ञानिकको आरोप

डिसी नेपाल
१४ चैत २०७६ ११:४०

काठमाडौं । कोभिड–१९ को कारण विश्वभरी त्रास फौलएको छ । यो रोगका कारण विश्वभरी २४ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन । करिब ५ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन । यो महामारीको त्रासका बीच इटलीका एक शीर्ष बैज्ञानिकले अचम्मको प्रतिक्रिया दिएका छन । वासिङटन पोस्टमा छापिएको खबर अनुसार इटालीका शिर्ष ईम्युनालजिस्ट (प्रतिरक्षा बैज्ञानिक) फ्रासिस्कोलीले यो माहामारी तिब्र गतिमा फैलिनुको कारण च्याम्पियन्स लिग
भएको बताएका छन ।

गत फेब्रुवरी २२ मा ईटालीको मिलान स्थित सिरो फुटबल स्टेडियममा एटलान्टा र भ्यालेन्सिया बिच भएको खेलमा एटलान्टा ४–१ ले विजयी भएको थियो । बास्तवमा सो खेल पहिले एटलान्टाको घरेलु मैदान बर्गामो स्थित जेविस स्टेडियममा हुने तय भएको थियो तर दर्शक क्षमता कम भएको कारण खेल सिरो स्टेडियममा सारिएको थियो । खेल हेर्न बर्गामोबाट करिब ४४ हजारको संख्यामा दर्शकहरु मिलान पुगेका थिए ।

खेलको दोस्रो दिनपछि ईटलीमा कोरोनाको संक्रमण बाट पहिलो ब्यक्तिको मृत्यको भन्ने खबर आयो । त्यसपछि त्याहाको अबस्था बिग्रदै गयो र ईटली कोरोनाको केन्द्रनै बन्यो । खेल भएको दुई हप्ता भित्र कोरोना भाईरसको संक्रमित संख्या निकै बढेर गयो र अहिले ईटली र स्पेनमा करिब ७ हजार भन्दा बढी मानिसको ज्यान गएको छ र ७० हजार भन्दा बढी संक्रमित भएका छन ।
बेलेसिया टिमका ३५ खेलाडी तथा स्टाफ हरुलाई कोरोना पाजेटिभ देखिएको छ । टिम मेनेजमेन्टले यस्को कारण मिलान यात्रा बताएका छन । एटलान्टाका गोलकिपर मार्को पनी कोरोना संक्रमित भएका छन तथा उनी टिमका कप्तान पनी हुन । खेलको चार दिन पश्चात बर्गामो क्षेत्रमा लकडाउन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *