कोरोनाको कारण पाकिस्तानका प्रसिद्ध खेलाडीको निधन

डिसी नेपाल
१७ चैत २०७६ १४:०३

काठमाडौं । कोरोना भाइरस संक्रमणको सिकार भएपछि पाकिस्तानका महान स्क्वाश खेलाडी आजम खान लन्डनमा मृत्यु भएको उनको परिवारीक स्रोतले जनाएको छ।

करिब ९५ बर्षिय आजम गत हप्ता परिक्षणको क्रममा उनी कोविड–१९ बाट संक्रमित भेटिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिबार लन्डनको अस्पतालमा आजमको निधन भएको थियो । आजम विश्वको सर्वश्रेष्ठ स्क्वाश खेलाडी मध्ये एक मानिन्छ, उनले सन १९५९ र १९६१ मा ब्रिटिश ओपन जितेका थिए।

प्रसिद्ध हाशिम खानको कान्छो भाई आजम खान पाकिस्तान मात्र होइन, विश्वको सर्वश्रेष्ठ स्क्वाश खेलाडी मध्ये एक मानिन्छ। उनले सन १९६२ मा चोट र आफ्नो १४ वर्षीय छोराको एक दुर्घटनामा भएको मृत्युका कारण उनले स्क्वाश खेल्न छोडेका थिए । आजम खान पेसावरको सानो गाउँमा जन्मेका थिए जहाँबाट दुई खेलाडी विश्व स्क्वास च्याम्पियनहरू भईसकेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *