भारतसँगको सीमा नियन्त्रण गर्ने उपयुक्त अवसर

डिसी नेपाल
२९ चैत २०७६ १४:१३

विश्वमा विभिन्न समयमा घटेका ठूला महामारीका घटनाहरुले धेरै मानिसको ज्यान गएको मात्र होइन मानिसको जीवनशैलीमा नै परिवर्तन गर्नुका साथै सकारात्मक परिस्थितिको समेत बिकास गरेको पाइन्छ।

शक्तिशाली पश्चिम युरोपको उदय, समुद्री यात्राको सुरुवात, औपनिवेशिक विस्तारको सुरुवात महामारीकै उपज हुन भनेर इतिहासमा पढ्न पाइन्छ। डा.योगी विकासानन्दले भनेका छन्,‘केही गर्नु छ भने शुरुवात आफै बाट गर्नु पर्दछ।’

राम्रो कामको शुरुवात पहिले आफैंबाट गराैं। नेपाल–भारत सिमामा इतिहासदेखि नसुल्झिएका कयौं समस्याहरूलाई रचनात्मक तरिकाले सकारात्मक आयामको खोजी गरी समाधान गरौं। कोरोनाको महामारीले अस्तब्यस्त बनाए पनि नेपालका लागि भारतसँगको आफ्नो खुला सीमा उपयुक्त तरिकाले व्यबस्थित गर्न एउटा अवसर दिएको छ।

सीमा क्षेत्रका मुख्य नाका बन्द भएपछि चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्नेहरूको खवर स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराउँदै आएको कुरालाई सुरक्षा फौजकै उपस्थिति भइदिँदा कति सहज हुन्छ भन्ने कुरा केही दिनका उदाहरणले नै पुष्टि गरेका छन्।

अहिले सीमा क्षेत्रमा दुई तीन किलोमिटरको फरकमा सशस्त्र प्रहरी परिचालन भएको स्थिति छ कोरोना भाइरसको त्रासलाई कम गर्न।

यो स्थिति अन्य सामान्य समयमा पनि कायम राख्ने हो भने भोलिका दिनमा उक्त चोरीनाका प्रयोग गरी हुनसक्ने अवैध घुसपैठ, आतंकवादी क्रियाकलापलगायत नाकाबाट हुन सक्ने अन्य अवान्छित कृयाकलापका लागि ट्रयाकिङ गर्न समेत सहज हुने निश्चित छ। यसमा एउटै समस्या छ त्यो हो सरकार यो निर्णयमा टिक्न सक्छ कि सक्दैन वा अहिलेको सशस्त्र प्रहरी परिचालनलाई स्थायी बनाउन सक्छ कि सक्दैन भन्ने हो।

नेपाल–भारत सीमा नाकामा हुनुपर्ने कुल ८ हजार ५५३ सीमा पिलरमध्ये बनाउन बाँकी रहेका तथा करिब १ हजार ७ सय थान विभिन्न किसिमले नासिएका, भत्किएका, खोलाले बगाई लोप भएका मेन बाउण्ड्री पिलर, सब्सिडियरी पिलर र माइनर पिलरहरूको निर्माण र मर्मत संभार गरी अभिलेखिकरण गर्न सहज गराउन प्रयाप्त पहल गर्ने वातावरण बन्न सक्छ।

नेपाल–भारत सिमाना आंशिकरूपमा नियन्त्रित भए पनि स्वभावले खुला सिमाना नै हो। लाखौँ लाख मानिस आधिकारिक प्रमाणविना एकअर्काको सीमा वारपार गर्छन्।

सीमाविज्ञका अनुसार नेपाल र भारतबीचको सम्बन्ध सामाजिक, धार्मिक, आर्थिकलगायतका क्षेत्र छुने भएकाले कतिपय सीमा सम्वन्धमा उठ्ने समस्याहरूपूर्ण रूपमा समाधान खोज्न सकिने विषय होइन।

भारत इष्ट इण्डिया कम्पनी शासित रहँदैदेखिको सीमा समस्या सल्ट्याउने पटक पटकका अवसरलाई भने नेपालले सदुपयोग गर्न नसकेको इतिहासलाई कोरोनाको कहरको नाममा बदल्ने उचित समयका रूपमा लिन सकिन्छ।

भारत इष्ट इण्डिया कम्पनी शासित रहँदैदेखिको सीमा समस्या सल्ट्याउने पटक पटकका अवसरलाई भने नेपालले सदुपयोग गर्न नसकेको इतिहासलाई कोरोनाको कहरको नाममा बदल्ने उचित समयका रूपमा लिन सकिन्छ।

नेपाल–भारत सीमा नाकामा सुरक्षा जोखिमको घनत्व कति छ भनेर पटकपटक नाप भएको बिषय हो। गलत मनसाय राखी खुला सीमालाई सहज वारपारको माध्यम बनाई आपराधिक गतिविधि संचालन गर्न सक्ने खतरालाई यसले स्पष्ट पार्दछ। सीमा सुरक्षाको यो बिषयमा नेपाल भारतबीच हुने हरेक औपचारिक र अनौपचारिक बैठक तथा भेटमा उठ्दै आएको छ।

नेपाल र भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर लामो सीमा क्षेत्रमा अवैध घुसपैठ, आतंकवादी क्रियाकलाप लगायत नाकाबाट हुन सक्ने अन्य घटनालाई मध्यनजर गर्दै भारतले सीमा क्षेत्रमा करिव ५० हजारको संख्यामा एसएसबी परिचालन गरेको छ यसका अलवा भारतको खुफिया एजेन्सी रअ, इन्टिलिजेन्स ब्युरो, स्पेशल टाक्स फोर्स, लोकल इन्टिलिजेन्स युनिट लगायतका युनिट सीमा नाकामा सक्रिय छन्।

यो महामारी फैलनु अघिको तथ्यांकअनुसार, नेपालतर्फ स्थायी तैनाथीका रूपमा हाराहारी ६ हजार सशस्त्र प्रहरी र नेपाल प्रहरीको ४२ स्थानमा सिमा प्रहरी चौकी तैनाथ छन्।

यस अर्थमा अनुपातका हिसावले नेपाल–भारत सीमामा प्रति किमी नेपाल तर्फ करिव ३ जना र भारततर्फ करिव २५ को हाराहारीमा सुरक्षा तैनाथ रहेको देखिन्छ।

महामारी नियन्त्रणका लागि अहिले नेपालले सीमा क्षेत्रमा भारतले झैं प्रशस्त सशस्त्र प्रहरी खटाउदा सीमा क्षेत्रमा यसअघि कहिले पनि नभएको प्रगति हासिल हुन सक्छ भन्ने तथ्यलाई सरकारले बिर्सनु हुँदैन ।

सीमा क्षेत्रमा हुने दैनिक कृयाकलापहरू जस्तै अवैध घुसपैठ, स्थानीय रूपमा हुने सीमा अतिक्रमणजस्ता बिषय स्थानीय स्तरबाट नै समस्याको समाधान हुन सक्दछन भने कतिपय समस्या संवेदनशील र जटिल हुन्छन् तीनको द्विपक्षीय सम्बन्धवाट समाधान निकाल्न पर्ने हुन्छ।

यस्ता संवेदनशील र जटिल बिषयमा राष्ट्रिय एजेन्डा र नीति बनाउन सकेमा मात्र यो विषय सधैंका लागि समाधान हुनसक्छ। तत्कालका लागि समाधानका उपायलाई जटिलरूपमा ब्यख्या गर्नु पर्ने छैन।

सीमा क्षेत्रमा रहेका न्यून संख्याका सशस्त्र प्रहरीका स्थायी तथा अस्थायी बोर्डर आउट पोस्टहरूलाई स्तरवृद्धि सहित छोटो दूरीमा कभरेज हुनेगरी मोबाइल तथा पैदल गस्ती तथा सीसी क्यामराबाट समेत निगरानी गर्ने गरी सिमामा कडाई राख्ने व्यावस्थालाई दीर्घकालसम्म जारी राख्ने व्यबस्था मिलाउनु पर्छ।

खुला सीमा भएपनि आवत जावतको लागि निश्चित बिन्दु तोकी नेपाल प्रहरी र सशस्त्र प्रहरीवच आपसी समन्वय कायमगरी चेक पोइन्ट र अभिलेखीकरण प्रकृयाको थालनी गर्ने।

अभिलेखीकरणका लागि प्रमाणित दस्तावेज अनिवार्य गर्दै लैजाने कार्यलाई निरन्तरता दिँदै जाने हो भने भोलि नियन्त्रित नाका बनाउने कार्यमा सहजता मिल्ने हुन्छ सोका लागि देशको तर्फबाट प्रतिबद्धता आवश्यक छ।

महामारी नियन्त्रणका लागि अहिले नेपालले सीमा क्षेत्रमा भारतले झैं प्रशस्त सशस्त्र प्रहरी खटाउदा सीमा क्षेत्रमा यसअघि कहिले पनि नभएको प्रगति हासिल हुन सक्छ भन्ने तथ्यलाई सरकारले बिर्सनु हुँदैन

सुरक्षा निकायहरुको सेवा, सुविधा र मनोवल बढाउन जोड दिई समय अनुकुल महामारी र विपदको सामना गर्न सुरक्षा निकायलाई आवश्यक आधुनिक संसाधनसहित आधुनिकीकरणमा जोड दिनु उपयुक्त हुन्छ।

यस्तै गरेर सीमा संघीय सरकारको अधिकारभित्र पर्ने बिषय भएकाले सिमानामा केन्द्रीय प्रहरीको भूमिकामा स्पष्टतासहित प्रदेश र संघीय प्रहरी तथा अन्तर संगठनको जिम्मेवारीमा दोहोरोपन हटाउनुपर्छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलीरहको सन्दर्भमा नेपालमा त्यसको असर र सरकारको प्रयास सम्झाउन प्रधानमन्त्री केपी ओलीले सम्बोधन मार्फत कोरोना भाइरसको थप जोखिम रहेको र अझै चुनौतीपूर्ण हुन सक्ने, अबका केही समय कोरोना भाइरसको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो भन्दै गर्दा लकडाउन अवज्ञा गर्दै भारतबाट मानिसहरू नेपाल प्रवेशमा रोक लगाउन सीमा सुरक्षाको जÞिम्मेवारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आपसी समन्वय आवश्यक छ ।

यस्तो समन्वयपछि जाँचविन्दु र सोभन्दा पर समेत गस्तीलाई निरन्तरता दिएकोले भारतसँग सिमाना जोडिएको स्थानहरूमा लकडाउन वा आवतजावतमा बन्देज लगाईनुले कोरोनाभाइरस संक्रमणलाई यो अवस्थासम्म रोक्न सकिएको हो भनेर जसरी दावा गरिएको छ त्यसरी नै आम नेपाली जनताले आ–आफ्नो ठाउँबाट र प्रतिपक्षले सत्तापक्षलाई आलोचना गर्ने पोलिटिकल कल्चरलाई बिर्सेर राष्ट्रियता र राष्ट्रको प्रसंग जोडिएर आउने कयौं विषय र सीमा विवादलाई आधार बनाएर सधैजसो नेपाली जनताहरूले सीमा क्षेत्रमा दिनहु खेप्नु पर्ने दुखसास्तीको कहरलाई दीर्घकालीन समाधानको पहल गर्न सकिने समयका रूपमा पनि कोरोनोको यो समय उपयुक्त हुन्छ।

त्यसैले नेपाल भारतबीच हुने हरेक औपचारिक र अनौपचारिक बैठक तथा भेटमा भारतले उठाउने विषय अन्तरदेशीय अपराधका अलवा आतंकवाद, नक्कली भारतीय रुपैयाँ, नेपाली भूमि भारतविरुद्ध प्रयोगजस्तो संवेदनशील बिषयमा स्वयं भारतका लागि पनि सहज हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *