बीस बर्ष मूनीको उत्कृष्ट खेलाडीको सूचीमा सन्दिप र कुशल

डिसी नेपाल
१२ जेठ २०७७ १८:५८

काठमाडौं । युएईको द नेशनल समाचारपत्रले २० बर्ष भन्दा कम उमेरका विश्वका उत्कृष्ट २० क्रिकेट खेलाडीहरुको सुची सार्वजनिक गरेको छ । द नेशनलले सार्वजनिक गरेको सुचीमा नेपालको तर्फबाट लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका छन ।

यो सुचीमा टेस्ट राष्ट्रका खेलाडीहरुको बाहुल्यता रहेपनी एसोसिएट क्रिकेटबाट नेपालका २, युएई र स्कटल्यान्डका १–१ जना खेलाडी समावेश छन्। सुचीमा भारतबाट सबैभन्दा बढी खेलाडी रहेका छन । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालादेश र स्कटल्याण्डका खेलाडी पनि उत्कृष्ट २० मा परेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *