रोनाल्डोकाे स्तर अरु खेलाडी भन्दा अलग : चियेलिनी
काठमाडौं । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो खेलका कारण संसारभर परिचित छन्। इङलिस प्रिमियर लिग रियल म्याड्रिडको लागि लामो समय सम्म फुटबल खेलेपछि रोनाल्डोले क्लब छोडेर इटाली जाने निर्णय गरे। उनी अहिले इटालीको प्रख्यात क्लब जुभेन्टसका लागि खेल्छन्।
इटालियन क्लब जुभेन्टसका कप्तान ईन्जियर्जियो चियेलिनीका अनुसार उनका क्लबका साथी क्रिस्टियानो रोनाल्डो स्तरमा तलमाथी छन् । साथै एक सुपरस्टार खेलाडी अहिले उनको टोलीमा हुदा उनी खुसी भएको बताउछन ।
चियेलिनी इन्स्टाग्राममा ताना कोलम्बारी सँगको कुराकानीमा भने, “दुर्भाग्यवश जुभन्टसमा सामिल हुनुअघि रोनाल्डोले हाम्रो बिरूद्ध धेरै गोल गरेका थिए। अब उनी हाम्रो टीमसंगै छन ।” ३५ वर्षीय चियेलिनीले ज्लाटान इब्राहिमोविक उनको राम्रो प्रतिद्वन्द्वी भएको बताएका छन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment