महिला क्रिकेटरद्वारा झुण्डिएर आत्महत्या

डिसी नेपाल
४ असार २०७७ १०:०१
24
Shares

काठमाडौं । बुधवार भारतको त्रिपुरा क्रिकेटका १६ बर्षीय अण्डर १९ महिला क्रिकेटर अयन्ती रियाङले झुण्डेर आत्महत्या गरेकी छिन। स्थानीय संचार माध्यमका अनुसार आत्महत्याको कारण खुल्न सकेको छैन । घटना स्थलमा कुनैपनी सुसाईड नोट नभेटेका कारण घटना रहस्यमय रहेको जनाईएको छ ।

रियाङ जनजातिबाट प्रतिनिधत्व गरेको आइन्तीको परिवार राजधानी अगरतलाबाट करीव ९० किलोमिटर टाढा उदयपुरको तेनी गाउँमा बस्छन्। उनी ४ भाइबहिनीमध्ये सबैभन्दा कान्छी थिइन।

उनले राज्यको लागि अण्डर–२३ टि २० प्रतियोगितामा खेलेकी थिईन। त्रिपुरा क्रिकेट संघका सचिव तिमुरा चंदाले अयन्तीको मृत्युमा शोक व्यक्त गर्दै भने, “राज्यले एक होनहार र प्रतिभाशाली खेलाडी गुमाएको छ। यो समाचारले हामीलाई गहिरो चोट तुल्याएको छ। मानसिक र शारीरिक हिसाबले उनी ठीक थिईन ।”

तिमिर चन्दाले भने, “लकडाउनको समयमा हामीले अनलाइन कक्षा पनि राखेका थियौं। यद्यपि उनको परिवारक समस्याको बारेमा हामीलाई धेरै जानकारी छैन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *