कोरोनाबाट विश्वभर १ करोड ८३ लाख संक्रमित, रुसले कोरोना विरुद्धको भ्याक्सिन बनाउन थाल्ने

डिसी नेपाल
२० साउन २०७७ ७:१३

काठमाडौं। कोरोना भाइरसबाट विश्वभर १ करोड ८३ लाख ४९ हजार ४५४ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड १५ लाख ४७ हजार ३०३ जना उपचारपछि निको भएका छन् भने ६ लाख ९४ हजार ८८४ जनाको मृत्यु भएको छ।

उता रुसले आगामी महिला ठूलो संख्यामा कोरोना विरुद्धको भ्याक्सिन बताउन सुरु गर्ने बताएको छ। रुसका उद्योगमन्त्री डेनिस म्यानटुरोभले आगामी वर्षसम्म प्रत्येक महिला लाखौं भ्याक्सिन उत्पादन गर्न सकिने बताएका छन्।

म्यानटुरोभले एक औषधि कम्पनीले रुसमा तीन ठाउँमा भ्याक्सिन बनाउने तयारी थालेको छ। यसअघि शनिबार रुसका स्वास्थ्यमन्त्री मखिाइल मुराश्कोले मस्कोको गामेलया इन्टिच्युटनले भ्याक्सिनको क्लीनिकल ट्रायल पूरा गरेको बताएका थिए।

यसैबीच कोरोना संक्रमणका कारण ठप्प रहेका होटल, रेस्टुरेन्टलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले बेलायत सरकारले नयाँ तरिका अपनाएको छ। अब बेलायतका होटल रेस्टुरेन्टमा खाना, नास्ता गर्दा ग्राहकले आधामात्रै विल चुक्ता गर्दा हुने भएको छ। बाँकी आधा बिलको भर्पाइ सरकारले गर्ने भएको छ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकको पहलमा ‘ईट आउट टू हेल्प आउट’ अफर सोमबारदेखि नै सुरु भएको छ। यो अफर ३ देखि ३१ अगस्टसम्म लागू हुने बताइएको छ। प्रत्येक व्यक्तिलाई अधिकतम छुट १० पाउन्ड पाउने छन्। तर त्यसका लागि ग्राहकले होटल र रेस्टुरेन्टमा बसेरै खानुपर्नेछ।

उता अस्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै ६ हप्तासम्मका लागि रातिको समयमा कफ्र्यु लगाइएको छ। भिक्टोरियाका प्रीमियर डेनियल एंड्रयूले आइतबार यसको घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *