महामारीको अवस्था, चाडवाड र संचार प्रविधि उन्मुख संस्कृति

डिसी नेपाल
१३ कार्तिक २०७७ ७:३०

प्रविधिको परिभाषित गर्ने क्रममा मानिसको ज्ञान, सीप र अनुशासित प्रकृयासँगको समन्वयका रूपमा लिइएको छ। विश्वको सूचना सञ्जाल र ज्ञानको दायरा बढाउन सूचना प्रविधिको उपयोग बरदान नै सावित भएको छ। विश्वव्यापिकरणका अवसरबाट लाभान्वित हुन सूचना प्रविधि उपयोगलाई बढावा दिनपर्ने आवश्यकतावोधमा विभिन्न प्रयास भएका छन्।

सूचना प्रविधियुक्त राष्ट्रको सोचसहित विभिन्न नीतिगत प्रावधानको व्यवस्था रहेको छ। सेवाप्रवाहको गुणस्तर र सूचनामा सवैको पहुँच तथा उपयोग सुनिश्चित गर्ने रणनीति सरकारले लिएको छ।

विद्युतीय सञ्जालसँगको आवद्धता र महत्व उजागरमा भएका प्रयास निकै सफल देखिएका छन्। कार्यालयहरुमा कम्प्यूटर तथा उपकरण प्रयोगको व्यापकताका साथ प्रविधिमा भएको द्रुततर विकाससँग परिचित हुन क्षमता र दक्षता बढाउनमा प्रयास रहेको देखिन्छ। स्वदेश तथा विदेशमा हुने तालिम लगायतका क्षमता विकासका कार्यक्रममा बजेट र पहुँच बढाउनु विकासको संकेत हो।

आकार, मूल्य र प्रविधिको प्रयोगको सुविधामा क्रमश बढोत्तरी हुँदै गएको छ। संस्थागत तथा संरचनागत विकाससँगै प्रविधिको प्रयोग वहुसरोकारको विषय भएको सन्दर्भमा निहित सकारात्मक तथा नकारात्मक पक्ष प्रयोगको औचित्यताले निर्धारण गर्दछ।

कुनै एक विकसित मुलुककी साथीसँग नेपालको गरिवी तथा बालबालिकाको अवस्थाको छलफलमा उनले इमेलमा लेखेका कुराले मलाइ निकैदिनसम्म सोचमग्न बनाएको थियो।

प्रविधिमा पहुँच बढाउँदै युवा तथा निश्चित उमेर समूहका बालबालिकालाई प्रोग्रामिंग लगायतका विषयमा दक्षबनाउन सके अन्तर्राष्ट्रिय जगतसँग उनीहरुको साक्षात्कार बढ्ने विषय उनले सुझाएकी थिइन्।

ग्रामिण भेकका युवाहरुलाइ प्रोत्साहित गर्न रोजगारीका लागि सूचना प्रविधिको महत्तम उपयोगबारे उनले तर्क राखेकी थिइन्। म कार्यरत जिल्लाका केही ठाँउमा प्रविधिका यी पक्षको महत्व उजागर निकै कठिन थियो।

शिक्षामा लगानीको पर्याप्तता तथा प्रविधिको उपयोगबाट सृजनात्मकता अभिवृद्धिको प्रयासका बावजूद अभिभावकले विविध कारणवश आफ्ना बच्चा नियमित रुपमा विद्यालय नपठाइदिने अवस्था अझ पनि विद्यमान छ।

जव मानिस प्रवल इच्छा राख्तछ तव उमेर/पुस्ताको अन्तराल वा असम्भव केही पनि हुदैन भन्ने सन्देश स्थापित हुनपुगेको छ। प्रविधि विकासले पारिवारिक सद्भाव र विजयादशमीको महत्वबीच संयोजन कायम गरिदिएको छ। उपयोगी प्रविधिले महामारीमा बालवालिकाको  व्यवस्थापनका लागि अवसर समेत दिएको छ।

सूचना प्रविधिको महत्वलाई थप उजागर गर्न पूर्वाधार, आवश्यक उपकरण सुविधा र प्रविधिमैत्रि व्यवहार तथा मानसिक तत्परता जस्ता पक्ष सँगसँगै लानसकेमा मात्र यसको उपादेयता रहन्छ। मेरा मित्रले भने झै प्रत्येक अवसर सूचना प्रविधिकै कारण खुला हुन्छ तर वातावरणीय परिवेश सकारात्मक रहनुपर्दछ।

विकासको अभिन्न अंग बनाउनका लागि नेतृत्व, नीति नियम र प्रयोगकर्ताको रुचि वा आवश्यकता बाेधले सहयोग गर्दछ। अध्ययन अनुसन्धानको निरन्तरतास्वरुप पछिल्लो समय हात- हातमा मोवाइल भएका कारण व्यक्तिगत तथा व्यवसायिक जीवनमा सघाउ पु-याएकाे छ।

किचेनदेखि क्याविनेटसम्म विविध विषयमा जानकारी प्राप्तिमा सहज भएका कारण प्रविधिसम्वद्ध व्यवसाय समेत फस्टाउन पुगेको छ। सूचना प्रविधितर्फको आकर्षण र महत्व सर्वपक्षीय देखिन्छ। महामारीका समयमा मानव हीत वा फाइदाका लागि जानकारीमूलक सावित

भएको छ। विदेशमा गएका सन्तानको पीडा अभिभावकलाई स्वाभाविक रूपमा रहन्छ। सामाजिक संजालमा रमाएका तिनका तस्विर र समिपमा झै कुरा गर्न पाउने सुविधाले हाम्रा बुबाआमा धेरै हदसम्म लाभान्वित भएका छन्। विश्वव्यापी रुपमा कोरोनाको महामारीको पृष्ठभूमिमा प्रविधिको प्रयोग हामी सवैका लागि बरदान भएको छ।

आवत-जावतको न्यूनता र सामाजिक दूरी कायम गर्नपर्ने बाध्यतामा प्रविधिका विभिन्न माध्यमले पारिवारिक तथा व्यवसायिक सम्वन्ध कायम गराउन ीसकेको छ। विभिन्न विधाका छलफलका कार्यक्रम सामान्य अवस्थाभन्दा बढी भए भन्ने विश्लेषण समेत हुनथालेको छ। पारिवारिक मिलनको लागि समेत भौगोलिक दूरी न्यून गरेको छ प्रविधिले।

प्रसंग दशै, महामारी र प्रविधिको असर:

यस वर्षको दशैं विगतका वर्षभन्दा फरक परिवेशमा मनाउने वाध्यता रह्यो । दशैंमा जमघट र आवतजावतका साथ रमाइलोगरी मनाउने परम्परामा वन्देज लगायो महामारीले।

आफन्तको स्वास्थ सचेतता र भोलि आफ्ना कारणले आपद् आइनलागोस् भन्ने सचेतना वर्तमानको सिकाई हो। स्वदेश तथा विदेशमा रहेका आफन्तको स्वास्थ स्थिति सोध्ने, सम्पर्कमा रहने र जानेबुझे सम्मको सजगताका उपायहरु सुझाउन र निरन्तर सम्पर्क तथा हौसला प्रदान संभव बनाइदिएको छ विकासले।

टेलिभिजन, रेडियोमा बज्ने सन्देश साथै विशेषज्ञका सुझाव /निको भएका संक्रमितका अनुभवले हौसला जगाउन र सवलतानिर्माणका लागि प्रभावकारी भूमिका खेलेको छ।

यो दशैंमा आफन्तजनले परिस्थतिको विश्लेषणगर्दै काँचको पर्दाबाट टिका-जमरा सहितको आशिष प्रदान गर्ने र आशिष ग्रहण उसै गरी हुनुले अनुभूतिको यो क्षण दन्त्य कथाको सार्थकता जस्तो लाग्दछ। भौतिक उपस्थिति र स्पर्श सम्भव नभएता पनि प्रविधिले सुविधा जुराइदिएको छ।

हिजोसम्म करगरेर मात्र प्रविधिको जानकारी राख्ने तथा सकेसम्म उपयोगबाट पन्छिन पुराना जमानाका हामी नयां कुरा जान्दैनौ भन्ने जमात आज विध्धूतीय माध्यममा जोडिन लालायित देखिन्छन्।

जव मानिस प्रवल इच्छा राख्तछ तव उमेर/पुस्ताको अन्तराल वा असम्भव केही पनि हुदैन भन्ने सन्देश स्थापित हुनपुगेको छ। प्रविधि विकासले पारिवारिक सद्भाव र विजयादशमीको महत्वबीच संयोजन कायम गरिदिएको छ। उपयोगी प्रविधिले महामारीमा बालवालिकाको  व्यवस्थापनका लागि अवसर समेत दिएको छ।

मोवाइलमा गेम डाउनलोड गरेर मात्र बिदाका दिन विताउने बालबालिका जुम मिटिंग र एम.एस टिमका विशेषज्ञ नै वनेका छन् हिजोआज । कार्यालय धाउने अभिभावकलाई समेत सिकाउन पाउदा निकै गर्वका साथ प्रस्तुत हुन्छन्। त्यसैगरी पाका उमेर समुहका हजुरबुवा-आमालाई भिडिओ अन गर्न र म्यूट अनम्यूट सिकाउने क्रममा एक-आपसमा नजिकिन समेत सहज भएको छ।

घरका अभिभावकले दशैँका समयमा सरसफाई तथा पकवानका सीप सिकाएर वा अन्य रचनात्मक कार्यक्रममा सहभागी वनाएर संभावित एकांकीपना हटाउनका लागि भने पारिवारिक सहभागिता र हौसला अत्यावश्यक देखिन्छ । पछिल्लो पुस्ताले यूट्यूवबाट धेरै विषय सिक्न अवशर पाएका छन् । मनोरन्जनको महत्वपूर्ण माध्यमका रुपमा समेत प्रविधिले स्थान वनाएकोछ।

इन्टरनेटको सुविधाले अध्ययनरत विध्यार्थिका लागि दशैँको मुखमा पढाइको व्यवस्थापन पनि सहजिकरण गरिदिएको छ। दशैं अगाडिको तालिका र सोही वमोजिमको परिक्षा अनलाइनबाट नै भएकाले दशैंमा परिवारभित्रै रमाउने बातावरण बनेको छ।

अनलाइन कक्षाका माध्यमबाट शिक्षक-विद्यार्थी सम्वन्धको निरन्तरता, अध्ययन-अध्यापनविधिका नौलातरिकाको प्रयोग साथसाथै अभिभावक-शिक्षक अन्तरकृयाका लागि प्रविधिमैत्री हुन प्रेरित गरेको छ।

अनलाइनका वहानामा बालवालिकाले अनावश्यक साइटभिजिटको संभावना वा दुराशयको शिकार हुननदिन अभिभावकको सतर्कता रहनुपर्दछ। कक्षा १२को परिक्षाको अन्योलताका कारण विद्यार्थीमा अनिश्चितता देखियो। लामो समयको अन्योलता हटाउन परीक्षा व्यवस्थापनमा प्रविधि प्रयोगबाट सहजता कायम गर्न सकिएको भए नयाँ पुस्ताको राज्यको प्रणालीप्रति थप भरोषा रहनेथियो।

विषय उठान हुनु भनेको नियम कानुनको सहजीकरणमा चासो सृजनाका लागि वातावरण वनाउनु पनि हो।  सार्वजनिक तथा निजी सेवा अनलाइनबाट प्रवाह हुन थालेका छन्। प्रविधिको अर्को राम्रो अभ्यास अनलाइन सपिंग तथा अनलाइन भुक्तानीमा देखियो र अनलाइन वैंकिंग सेवा वढ्दै गएको छ।

दशैंका समयमा नयाँ नोटसाट्न लाइनमा वस्नुपर्ने अवस्था यो वर्ष रहेन । मध्यम तथा निम्न वर्गका लागि दशाका रुपमा रहने भनिएको दशैं यो पटक व्यवस्थापनमा सरल भएको अनुभव समेत पाइयो। चाडवाडका समयमा समाजले अपनाउदै आएको व्यवहारबाट यदाकदा त्यसको वास्तविक मूल्यमान्यतामा ह्रास आउन सक्दछ।

संस्कृति र परिकारबीचमा समेत सम्वन्ध रहने भएकाले दशैंमा पाकशास्त्रले विशेष महत्व राख्तछ। लैंगिक पक्षबाट हेर्दा चाडवाडका समयमा हुने जमघटको व्यवस्थापन तथा खानपानका लागि समय खर्चिनुमै महिला सदस्यहरु व्यस्त हुनु पर्दथियो अघिल्ला दशैंहरुमा।

घरका पुरुषवर्ग जमघटसहित जुवातासमा रमाउने अनि महिला विहानैदेखिको खाजा-खाना तयारीमा लाग्नु पर्दा दशैं थपवोझका रुपमा समेत रहेको विश्लेषण दशैंपछिका समयमा सुनिने गरिएको हो।

केही महिला साथीहरुले यो वर्षको दशैंमा पारिवारिक निकटताको अनुभूति रहनुका साथै विगतको तुलनामा कार्यवोझ घटेको अनुभव साटासाट गरेका थिए। चाडवाडको वहानामा घरवाहिर रमाउने वर्गले समेत सघाएका कारण यो सहजता वनेको हो भन्नसकिन्छ।

विद्यमान अवस्थाको जटिलतामा समेत केही सकारात्मकताको खोजी लेखको आशय हो। प्रविधि उपयोगका अन्य आयाम यहाँ चर्चानगरी दैनिक जीवनमा यसका राम्रा प्रभाव उजागर गर्न मात्र खोजिएको छ। सामाजिक सञ्जाल सहज र प्रभावकारी माध्यम भएकाले नकारात्मक टिप्पणीले मनस्थितिमा गम्भिर असर पार्दछ। महामारीमा सृजित चूनौति न्यूनिकरणमा सवैको प्रयास रहनुपर्दछ।

टेलिमेडिसिन जस्तो महत्वपूर्ण उपलव्धि हाशिल गरेको प्रविधिले महामारीको समयमा दशैको महत्व कायमगर्न सघाएको छ। प्रविधिको उपयोग अनिवार्य आवश्यकता हो र उपयोगको व्यापकतासंगै सहजता वढाउन मूल्य, गोपनियता तथा सुरक्षाका प्रावधानतर्फ ध्यान जान पनि उत्तिकै जरुरी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *